काठमाडौं । मन्त्रिपरिषदले पूर्णता पाएपछि बिहीवार सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक बसेको छ । जेठ २१ गते मन्त्रिपरिषद् विस्तार भएपछि बैठक बस्न सकेको थिएन । बिहीवार बसेको बैठकले सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरेको थियो । सरकारको प्रवक्तामा प्रायः सञ्चारमन्त्री नै नियुक्त गरिने प्रचलनअनुसार थापालाई उक्त जिम्मेवारी दिइएको हो । यस बाहेक…