२५ असार २०८२, बुधबार | July 9, 2025

सभामुख सापकोटा विरुद्धको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं । सशस्त्र युद्धकालको एक हत्या घटनालाई लिएर सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ भएन ।

संवैधानिक इजलासमा सुनुवाइमा रहेका सो रिट हेर्न नमिल्नेमा परेको छ । संविधानिक इजलासमा न्यायाधीस हरिकृष्ण कार्की समेत रहेका थिए । तर उनले सो मुद्दा हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको हो । न्यायाधीस कार्कीले कानून व्यवसायी हुँदा सो मुद्दाको पक्षमा बहस गरेका थिए ।

लामो समयदेखि सर्दै सर्दै आएको सो मुद्दाको ३० फागुन २०७६ मा पेशीमा चढाइएकोमा हेर्न नभ्याईनेमा राखिएको थियो । त्यस यता गत १६ भदौमा पेशीमा चढेको यो मुद्दा त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका स्थानीय अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटामाथि मुद्दा लगाईएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ३६ बजे

‘ल्हेन्दे खोलामा बाढीको कारण पत्ता लगाउन समस्या’

काठमाडौं । चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि

म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर

पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले