१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

फागुन २१ को चुनाव सामान्य नभई राष्ट्रको काँचुली फेर्ने महाअभियान : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले र जेनजी अभियन्ताहरू बीच समसमायिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँग छलफल गरेका हुन् । छलफललाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए…