बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-मैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभा-२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको…