काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केिएका हुन् । बुधबार उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै आफूहरुले नेकपा एमाले परित्याग गरेको बताए…