७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई निकालेर बिदा भए स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई केहि सुधारात्मक काम गरेर प्रशंसा कमाएका अस्पताल प्रमुख डा. राजेन्द्र खनाललाई मेडिकल सुपरिटेण्डेन्टबाट हटाउँदै शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले सत्ताबाट बिदा लिएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिनु केहि घण्टा अगाडि बसेको मन्त्रिपरिषदको अस्तिम बैठकले डा. खनाललाई अस्पताल प्रमुखबाट हटाउने निर्णय गरेको हो ।

पोखरेल नेतृत्वको प्रदेश सरकारको अन्तिम मन्त्रिपरिषदको बैठकले गरेका अन्य निर्णयहरुसँगै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाउने निर्णय पनि परेको छ । डा. खनाललाई मेसुबाट हटाएसँगै निवेदन दिएर पालो पर्खेका सोही अस्पतालका हाड जोर्नि विषेशज्ञ डा. ईन्द्र ढकाललाई मेसुमा नियुक्त हुने बाटो खुलेको छ । प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले पुराना मेसुलाई हटाउने निर्णय गरेपनि नयाँ मेसु भने नियुक्त नगरि बिदा भएका छन् ।

डा. खनालको कार्य मुल्याँकन गर्दै एमाले उप महासचिव विष्णु पौडेल र निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले डा. राजेन्द्र खनाललाई प्रादेशिक अस्पतालको मेसु बनाएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ३४ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२