काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट राज्यमन्त्री भएका चौधरीले पार्टीको निर्देशनअनुसार आज राजीनामा बुझाउने भएका हु्न । चौधरीले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारमा राजीनामा बुझाउने तयारी गरेको पार्टी अध्यक्ष नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले बताइन ।…