बुटवल । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४ गते भएको आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी, तोडफोड तथा सामान चोरीमा संलग्न रहेको प्रमाणित भएकाले विद्यालयको आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै…