२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलको भाटभटेनीबाट आइसक्रीम चोर्ने कालिका मानवज्ञानका शिक्षक निस्काशन



बुटवल । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४ गते भएको आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी, तोडफोड तथा सामान चोरीमा संलग्न रहेको प्रमाणित भएकाले विद्यालयको आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै निष्कासन गरिएको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार शुक्ला आन्दोलनकै बीचमा भाटभटेनीबाट आइस्क्रिम लिएर हिँडिरहेको देखिएका थिए ।

विद्यालयले यस्तो गैरकानूनी गतिविधिले शिक्षकको सामाजिक उत्तरदायित्वलाई नै प्रश्नचिन्हमा पारेको भन्दै शुक्लालाई तत्काल निस्कासन गरिएको जनाएको छ ।

आंशिक रुपमा अक्सफोर्ड बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक शुक्लालाई अक्सफोर्डले घटनाको बारेमा थाहा पाउने बित्तिकै जागिरबाट हटाएको प्राचार्य दिनेश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ३ : ३१ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा