काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि उनले ‘भर्चुअल’रुपमा आज मातहतका निकायलाई व्यावसायिक रूपमा आआफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक…