नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाइँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगन्जमा छाला रोगका बिरामी आउनेक्रम वृद्धि भएको जानकारी दिए । “पहिलेभन्दा सङ्ख्यात्मक रुपमा छाला रोगका बिरामी बढिरहेका छन्”, उनले भने । उनका अनुसार बिरामीको काखी, काछलगायतका स्थानमा दाद आउने समस्या देखिएको छ…