१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो, ट्रमा सेन्टरमा थप चारको मृत्यु

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ट्रमा सेन्टरमा उपचाररत चार जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । यसअघि, सिभिल अस्पतालमा गोली लागेर एक जनाको मृत्यु भइसकेको थियो । यससँगै आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।