२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

आज चैतेदसैँ पर्व मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदसैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा-आराधना गरी मनाइँदैछ ।

हिन्दू धर्मअनुसार वर्षमा चार नवरात्र पर्ने गर्छन् । तीमध्ये आसार र पुस शुक्ल पक्षका नवरात्र कम प्रचलनमा रहे पनि केही साधकहरूले ती समयमा पनि शक्ति स्वरूपा देवीको उपासना गर्ने गर्छन् ।

असोज शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष रूपमा मनाइन्छ, जसलाई बडादसैँ भनिन्छ । यस अवसरमा प्रतिपदादेखि घटस्थापना गरी जमरा राख्ने र दशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने परम्परा रहेको छ ।

चैते दसैँमा भने यस्तो परम्परा धेरै परिवारमा नदेखिए पनि हनुमानढोका दरबार क्षेत्रको दसैँघरमा विधिपूर्वक घटस्थापना गरी अष्टमीका दिन बलि दिने चलन रहेको छ ।

यस पर्वमा अष्टमी र नवमी तिथिलाई विशेष महत्व दिइन्छ । अष्टमीलाई चैतेदसैँका रूपमा मनाइन्छ भने नवमीलाई रामनवमीका रूपमा मनाउने गरिन्छ । धार्मिक विश्वासअनुसार यही दिन भगवान श्रीरामको जन्म भएको मानिन्छ ।

बडादसैँ जस्तै चैतेदसैँको पूजा-उपासनाको मुख्य उद्देश्य पनि यस लोकमा सुख-शान्ति र परलोकमा सद्गति प्राप्त गर्नु रहेको मानिन्छ । यस अवसरमा परिवारका सदस्यबीच जमघट हुने परम्परा पनि छ ।

चैतेदसैँका अवसरमा काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठहरूमा विशेष पूजा हुने गर्छ ।

त्यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठहरूमा पनि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा-आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : ३६ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका