काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनका तयारीबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन…