१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पतालमा भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् । श्रेष्ठ मंगलबार बेलुकी स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएकी हुन् । नियमित फलोअप तथा मुटुसँग सम्बन्धित समस्या जाँच गर्न उनी अस्पताल भर्ना भएकीहुन् । “सबै रिपोर्ट सामान्य आएका छन् ”, उनको स्वकीय सचिवालयले…