११ आश्विन २०८३, आइतबार | September 27, 2026

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’



बेनी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।

हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।

वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उनी चिन्तित छन् । अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उनको जोड छ ।

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ७ : २३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक

अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै

मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा

मनाङमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, नदीतटीय क्षेत्रमा सतर्कता

काठमाडौं । मनाङको चामेनजिकै पहिरोसँगै आएको लेदो तथा बाढीका कारण