काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिस र मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को…