२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा गौरा भित्र्याइन्

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा आज गौरा भित्र्याएकी छन् । उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित आज गौरा भित्र्याएकी हुन् । यसअघिका वर्षहरूमा गौरा पूजनका लागि उनी धनगढी जाने गरेकीमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौँमा गौरा भित्र्याएकी हुन् । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने…