१४ भदौ २०८३, आइतबार | August 31, 2026

अध्यक्ष प्रचण्डले खोजे बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । ुबेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसु का सन्दर्भमा अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले विस्तृत शान्ति सम्झौताको दफा ५.२.५, नेपालको अन्तरिम संविधान(२०६३ को धारा ३३ र संविधानको धारा ३०४(२) को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बेपत्ता योद्धाहरूको कीर्तिमानी योगदानको स्मरण गर्दै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपाल’ लाई बेपत्ता योद्धाहरूको खोजीलगायत आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ८ : ५१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति