भैरहवा । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आकांक्षी पार्थिबेन्द्र उपाध्यायले पत्रकारहरु माथि राखेको अभिव्यक्ति विरुद्ध रुपन्देहीका पत्रकार सम्बद्ध संस्थाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन । उपाध्यायले रास्वपा केन्द्रीय कार्यालयमा आकाक्षीहरुको तर्फबाट बोल्दै गर्दा पत्रकारहरुलाई इंगित गर्दै कुनै मिडिया आवश्यक नभएको, समाचार पढ्दा हाँसो उठ्ने, सबै पत्रकार ५ हजारमा…