१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल जेनजी फ्रन्टले झापाबाट जागरण सभाको सुरुआत गर्दै

काठमाडौँ । सरकार र जेनजी आन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नं ५ बाट सुरु हुनेछ । आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइएको…