बेनी । शतायु टेकेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ छन् । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उनको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ । विसं १९८३ मा जन्मिएका थापाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका थुप्रै कालखण्ड अनुभव गरेका छन् । राणा शासन,…