२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, विशेष महाधिवेशनको दवावबीच छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक राजनीतिक अवस्था, महाधिवेशनको कार्यतालिका र विशेष महाधिवेशनको मागलगायतका विषयमा छलफल हुने बताइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आजको बैठक कार्यसम्पादन समितिको पछिल्लो निर्णयलाई लिएर उत्पन्न आन्तरिक विवाद र असहमतिको पृष्ठभूमिमा बस्न लागेको हो । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।

तर उक्त निर्णयसँगै पार्टीभित्र विशेष महाधिवेशनको माग थप चर्किएको छ । कार्यसम्पादन समितिको निर्णयपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अघि बढाएपछि आज पुनः बैठक बोलाइएको हो ।

यसअघि गत असोज २९ गते नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको ठूलो हिस्साले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचित कूल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४८८ जना, अर्थात् करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका हुन् ।

कांग्रेस विधानअनुसार कूल महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था छ । तर नेतृत्वले नियमित महाधिवेशनतर्फ अग्रसर हुने निर्णय गरेपछि पार्टीभित्र विधि, विधान र नेतृत्वको वैधताबारे प्रश्न उठ्न थालेका छन् ।

आज बस्ने कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशनको संवैधानिक प्रावधान, समयसीमा, पार्टी एकता र आगामी राजनीतिक कार्यदिशाबारे निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । पार्टीभित्र देखिएको मतभेद कसरी समाधान गर्ने भन्ने विषयमा नेतृत्वको धारणा आजको बैठकले स्पष्ट पार्ने विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : ०४ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ