सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए । कामीले भने, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी…