जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ । बुधवार राति जारी गरिएको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।…