२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

विपक्षी दलले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित



काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए ।

तर, कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन भोलि दिउँसो ३ बजेका लागि सारिएको जनाइएको छ । अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालको २ सदस्सीय कार्यदल बनाइएको थियो । विपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकिएको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ११ : ४९ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र