७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विपक्षी गठबन्धन बैठक : सहकार्यबाटै सरकार

काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।…