८ बैशाख २०८१, शनिबार | April 20, 2024

विपदबाट क्षतिवक्षत घर निर्माणमा जुट्दै सरकार



काठमाडौं । गत वर्षको मनसुनजन्य विपद्का घटनाबाट क्षति पुगेका र भत्किएका घर बनाउन सरकारले २२ जिल्लामा ३० करोड रुपैयाँ पठाएको छ । संघीय सरकारले गत वर्षको बाढी तथा पहिरोका घटनाबाट क्षति पुगेका निजी घर निर्माणका लागि सो रकम पठाएको हो ।

कहाँ कति पठाइयो ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार हालसम्म २२ जिल्लामा गत वर्षको बाढी तथा पहिरोबाट भत्केका र क्षति पुगेका निजी आवास निर्माणका लागि रकम पठाइएको छ ।

उनका अनुसार २२ जिल्लामा गरी कुल २९ करोड ९९ लाख २६ हजार २ सय ५० रुपैयाँ जिल्ला पठाइएको हो । सो रकम म्याग्दी, धनकुटा, भोजपुर, स्याङ्जा, बाजुरा, पर्वत, मोरङ, बाग्लुङ, पश्चिम रुकुम, दार्चुला, कालिकोट, रोल्पा, कास्की, जाजरकोट, संखुवासभा, लमजुङ, मकवानपुर, बझाङ, तनहुँ, गोरखा, नुवाकोट र सिन्धुपाल्चोकका लागि पठाइएको हो । सो रकमबाट ४ हजार ९ सय ३७ लाभग्राही लाभान्वित हुने प्राधिकरणले जनाएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ४० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु