काठमाडौं । कोभिड-१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ । कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर/नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने…