७ आश्विन २०८३, बुधबार | September 23, 2026

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग : सुरुङ खन्ने काम निरन्तर, आयोजनास्थलमै आइसोलेसन सेन्टर



काठमाडौं । कोभिड-१९ महामारीबीच थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ ।

सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड-१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको जानकारी दिए ।

सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग निर्माणलगायतको काम तत्काल बन्द गरिएको जानकारी उनले दिए ।

आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने व्यवस्था गरिएको छ ।

सुरुङ खन्ने कामलाई निरन्तरता दिन अहिलेसम्म निर्माण सामग्री अभाव नभएको बताउँदै उनले निषेधाज्ञाका कारण रातको समयमा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने गरिएको जानकारी दिए ।

महामारीको सङ्क्रमण फैलिन सक्ने भएकाले आयोजनामा कार्यरत हरेक जनशक्तिलाई हरेक दिन आउने बेलामा ज्वरो र अक्सिजनको स्तर नाप्ने गरिएको छ । यसअघि मुख्य जनशक्तिका लागि आयोजना स्थलमै बस्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए ।

आयोजनाका अनुसार वैशाख अन्तिमसम्म मुख्य सुरुङमार्गको ११४ मिटर (४.२ प्रतिशत) र सहायक सुरुङमार्गको २२९.५ मिटर (९.० प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ ।

मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

त्यसैगरी काठमाडौंतर्फ मुख्य सुरुङमार्गको ४९ मिटर (१.८ प्रतिशत) र सहायक सुरुङमार्गको १५७ मिटर (६.१ प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ ।

त्यसैगरी धादिङतर्फ मुख्य सुरुङमार्गको ६५ मिटर (२.४ प्रतिशत) र सहायक सुरुङमार्गको ७२.५ मिटर (२.८ प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको जानकारी उनले दिए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ६ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११