१९ बैशाख २०८१, बुधबार | May 1, 2024

अर्थमन्त्री खतिवडाको साढे २ वर्ष कार्यकाल : उपलब्धि र आलोचना दुबै

काठमाडौं । अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले शुक्रबार साँझ राजीनामा बुझाएका हुन् । अर्थ एवं सरकारका प्रवक्तासमेतको जिम्मेवारीमा रहेका खतिवडाले संवैधानिक व्यवस्थाअनुसार नै आफूले राजीनामा दिएको बताएका छन् । अब उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका भूमिकामा रहने बताइएको छ…