काठमाडौं । ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो । मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ । त्यसपछि चौथो…