१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भान्सामा सिलिन्डर ‘बम’



काठमाडौं । ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो । मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ । त्यसपछि चौथो तलास्थित भान्साको सिलिन्डर आगोले भेटेर पड्किएको थियो ।

ललितपुरकै हौगालस्थित तामापित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलिन्डर पड्किँदा घटनास्थलमै एक र उपचारका क्रममा अन्य दुई जनाको मृत्यु भयो । मृत्यु हुनेमा धु्रव ताम्राकार, राजेश ताम्राकार र सुरेश ताम्राकार छन् । यी दुवै घटनाबारे जानकार भीम शाक्यका अनुसार कात्तिक १९ गते एउटा सिलिन्डर भने केही भएको थिएन । ‘आगलागीकै कारण हो भने दुवै सिलिन्डर पड्किनुपर्ने हो’, ललितपुर महानगरपालिका १२ नवाहल टोल सुधार समितिका अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘दुवै घटनामा पड्किएका सिलिन्डर पुरानो र मिति सकिएको भन्ने सूचना पाएको छु ।’

उनका अनुसार सिलिन्डर सुरक्षित र नयाँ भइदिए बिस्फोट हुँदैनथ्यो । सुनसरीको इटहरी उपमहानगरपालिका-११ खनारका ८८ वर्षीय दुर्गाप्रसाद काफ्ले पनि १० वर्षअघि यस्तै दुर्घटनामा परेका थिए । हलेसी महादेव दर्शनमा हिँडेका बेला उदयपुर कटारीमा टोलीकी एक महिलाले खाना पकाउने क्रममा एक्कासि ग्यास सिलिन्डरमा आगो बल्यो । उनले पानी ल्याएर खन्याइन् । त्यसपछि बिस्फोट हुँदा काफ्ले गम्भीर घाइते भए । उनी डेढ महिना उपचारपछि निको भए । ती महिलाको भने उपचारका क्रममा मृत्यु भयो ।

प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन । ‘यस्तो प्रकारका घटनालाई भवितव्यअन्तर्गत राखिने भएकाले तथ्यांक नभएको हो’, प्रहरी प्रवक्ता वसन्त कुँवर भन्छन्, ‘सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । हामीले तथ्यांक संकलन गर्न थालेका छौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले यो समाचार लेखेकी छन ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : २५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण