काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसदमा अघि नबढाउने संकेत देखाएका छन् । पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोस्ट्रमबाटै प्रश्न गरेको भोलिपल्टै बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले उक्त संकेत गरेका हुन् । उनले एमसीसीमा राष्ट्रिय…