१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रश्नपत्र लिक प्रकरणः तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस



काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि-स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।

प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । हबल्दार शाहले यूएन शाखाबाट प्रश्नपत्र झिकेर भाइबरमार्फत आउट गरेको पुष्टि भइसकेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठित समितिले छानबिन सकेर ५ सय ५० पृष्ठ लामो प्रतिवेदन प्रहरी महानिरीक्षक थापालाई बुझाएको हो ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले छानबिन समितिले प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन बुझाएको र प्रतिवेदन अध्ययनपछि समितिले गरेका सिफारिसका आधारमा थप निर्णय हुने जानकारी दिए ।

प्रश्नपत्र लिक भएपछि गठित छानबिन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई छानबिनको दायरामा तानेर सोधपुछ गरेको थियो । सो क्रममा उनीहरूले चलाएका मोबाइल र त्यसबाट भएका कुराकानी, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जाललगायतलाई प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिएको थियो ।

सो क्रममा संलग्नता पुष्टि भएपछि समितिले दुई एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । कारबाहीमा पर्नेमा यूएन शाखाका प्रमुख रहेका एसपी अनुपमशमशेर जबरासमेत छन् । यूएन शाखामा रहेको प्रश्न उनीसँगै चाबी भएको दराजमा थियो । तर, उनी घर भएको समयमा प्रश्न चोरी भएको थियो ।

यसैगरी, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट र प्रहरी निरीक्षक ईश्वरी भण्डारीसमेत विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् । उनीहरूलाई सामान्य कारबाही सिफारिस गरिएको छ । उनीहरूले प्रश्नको सुरक्षा गर्न नसकेको र लापर्बाही भएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

यसैगरी, डीएसपी रूपेश खड्का र अर्का डीएसपी सुगन्ध श्रेष्ठलाई हदैसम्मको कारबाहीका लागि सिफारिस गरिएको छ । यस्तै, प्रहरी निरीक्षक दिलिप क्षत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सना, प्रहरी नायब निरीक्षक सुनिल भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की, प्रहरी जवान सुनिता नेपाललाई पनि विभागीय कारबाहीका लागि छानबिन समितिले सिफारिस गरेको छ । डीएसपी खड्का पहिले यूएन शाखामा नै कार्यरत थिए ।

प्रिस्याट प्रश्नपत्र आउट भएको सूचना प्रहरी प्रधान कार्यालयले परीक्षार्थीबाट नै पाएको थियो । सो सूचना पाएपछि प्रधान कार्यालयले पहिले सत्यतथ्य बुझेको थियो । सूचना भरपर्दो भएको पाइएपछि प्रधान कार्यालयले आन्तरिक छानबिन अघि बढाएको थियो ।

आउट भएको प्रश्नपत्र परीक्षार्थी रहेका यूएन शाखामा नै कार्यरत डीएसपी बासु पाठकलाई समेत पुगेको थियो । उनले प्रश्नपत्र आइलागेपछि तत्कालै सोबारे उपल्लो निकायमा जानकारी दिएका थिए । त्यसपछि प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको रहस्य खुलेको थियो । सो सूचनापछि प्रधान कार्यालयले डीआईजी नेतृत्वमा छानबिन समिति बनाएर छानबिन थालेको थियो । समितिलाई समेत डीएसपी पाठकले दिएको सूचना नै छानबिनका लागि सहयोगी बनेको थियो । उनी भने यो प्रकरणमा निर्दोष देखिएका छन् ।

‘पाठकले दिएको सूचनाले यो प्रकरणको छानबिनका लागि एउटा फ्रेम तयार गर्यो, यसले प्रहरी संगठनभित्रको विकृति मात्रै रोकेन, त्यस्ता काममा संलग्नलाई निरुत्साहित गर्दै प्रहरी संगठनप्रतिको विश्वास पनि बढाउन सहयोग गरेको छ,’ छानबिन समितिका एक सदस्यले भने । विस्तृत समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ६ : ३४ बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र