२३ बैशाख २०८३, बुधबार | May 6, 2026

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका-८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका-९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर…