काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको…