तेह्रथुम । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तमोर नदीस्थित तेह्रथुम र पाँचथर जोड्ने क्षतिग्रस्त पुल निर्माणका लागि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुले पहल सुरु गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–६ र पाँचथरको फिदिम नगरपालिका–४ मा पर्ने उक्त पुलको आठराइतर्फको भागमा गत वर्षको असोज १२ गते तमोर नदीमा आएको बाढीका कारण क्षति भएको थियो । प्राविधिकसहितको स्थलगत अवलोकनपछि…