२७ बैशाख २०८३, आइतबार | May 10, 2026

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियो । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका…