महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ । “हेर्नोस, हाम्रो गाउँको पुछारमा दशगजा ९नेपाल भारत सीमा० नजिकका झाडीमा बँदेलका तीन/चार पुस्ता देखिन्छन्” जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्छन् “यिनलाई किसानले लगाएका बाली आहारा…