भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् । भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । अध्यक्ष नेपालले भने, “सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने…