बुटवल । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० र ११ मा पर्ने कालिकानगरस्थित कालिका चोकमा बिहीबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पहिलो चरणमा बुटवलका बढी भिडभाड हुने कालिकानगर…