१३ बैशाख २०८३, आइतबार | April 26, 2026

विश्वमा आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता एवं ऐक्यबद्घता रहेको बताएका छन् ।

यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति पौडेलले आज नागार्जुन –७ रामकोटमा निर्मित बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ”, भने ।

सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ भन्दै राष्ट्रपतिले वैदिक सनातन संस्कति र परम्पराको प्रवद्र्धन गर्न मन्दिरका माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

“विश्वमा भौतिक विकासको होडबाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा मन्दिरबाट योगदान पुग्ने मैले विश्वास लिएको छु”, राष्ट्रपतिले भने ।

 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १ : ४१ बजे

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले