२६ माघ २०८२, सोमबार | February 9, 2026

एमाले सचिवालय बैठक आज बस्दै, प्रतिनिधि मनोनयन र विधान संशोधनमा केन्द्रित

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनका मोडालिटीबारे विस्तृत छलफल हुने बताइएको छ । सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव बैठकमा पेस गर्न तयारी गरिएको छ…