काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने बताएकी छन् । आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्दा मुलुकको विविध सामाजिक र राजनीतिक संरचनालाई विशेष ध्यान दिनुपर्ने धारणा राखिन् । भण्डारीले नेपालको जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा विविधतायुक्त मुलुकका…