नेपालगन्ज । राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनका क्रममा भएको पत्रकार हत्या, आक्रमण तथा सञ्चार गृहमा भएको आगजनी र तोडफोडको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बाँकेका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पठाइएको हो । महासंघ बाँकेले पठाएको…