खजुरा । बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बैजनाथ -७ को नवज्योति युवा क्लब फाइनलमा प्रवेश गरेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृतिको अवसरमा सञ्चालन गरिएको दशौँ डाँफे कपको मङ्गलबार सम्पन्न सेमिफाइनल खेलमा खजुरा गाउँपालिका -८ घियाको पशुपति युवा क्लब लाई ०-२ गोल अन्तरले पराजित गर्दै नवज्योतिले जित निकालेको हो ।…