३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

प्युठान । प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।…