नेपालगन्ज । नेपालगन्जमा दोस्रो पटक राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेका आयोजनामा राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको हो । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन…