२१ बैशाख २०८३, सोमबार | May 4, 2026

चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध उजुरी



धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोपसहित उजुरी दर्ता गरिएको छ । उनी सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

धरान नगर बाल सञ्जालले आइतबार (माघ ११ गते) निर्वाचन अधिकृतको कार्यालय तथा धरान प्रहरी कार्यालयमा साम्पाङविरुद्ध औपचारिक उजुरी दर्ता गराएको हो । उजुरीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गरिएको प्रचारप्रसारमा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको दाबी गरिएको छ ।

नगर बाल सञ्जालका अनुसार उक्त कार्य बालबालिका ऐन, २०७५ को परिच्छेद २ अन्तर्गत दफा ७ को उपदफा ९(७) विपरीत रहेको छ । ऐनमा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उजुरीमा बालअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ ।

सञ्जालले उजुरीमार्फत साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई आवश्यक छलफल, छानबिन तथा निर्वाचन आचारसंहिता र प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा गठन गरिएको समितिले उजुरीको अध्ययन तथा छानबिन गर्नेछ र आवश्यक परे सम्बन्धित तालुक निकायमा पत्राचार गरिनेछ ।

प्रमुख निर्वाचन अधिकृत घिमिरेले भने, “अनुगमन तथा छानबिनका क्रममा बालबालिकाको प्रयोग भएको प्रमाणित भएमा कानुनअनुसार एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेजसम्मको कारबाही हुन सक्छ ।”

चुनावी प्रचारमा बालबालिकाको प्रयोग कानुनतः निषेध रहेकाले यस विषयले धरानको राजनीतिक वृत्तमा चासो र बहस सिर्जना गरेको छ । अब निर्वाचन अधिकृतको कार्यालयको अध्ययन र निर्णयले घटनाको निष्कर्ष निर्धारण गर्नेछ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ४२ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा