दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही-तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको…